विद्यार्थीहरुको सक्रियतामा दोलालघाट पिकनिक स्थल सरसफाई

नौलो समाचार संवाददाता
२०७७ चैत्र २१, शनिबार मा प्रकाशित २११३ पटक पढिएको

विद्यार्थीहरुको सक्रियतामा दोलालघाट पिकनिक स्थल सरसफाई

चैत २१, काभ्रे । विद्यार्थीहरुको सक्रियतामा काभ्रे ईन्द्रावती र सुनकोशी नदीको संगममा रहेको दोलालघाट पिकनिक स्थल सरसफाई गरिएको छ । पनौती चौकोटस्थित काठमाडौँ युनिभर्सिटी हाईस्कुल काभ्रेका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले उक्त पिकनिक क्षेत्रमा गत बुधबार सरसफाई गरेका हुन् ।

The Duke of Edinburg International Award का सहभागी विद्यार्थीे सामाजिक दायित्व अन्र्तगत विभिन्न समाजिक कार्यमा सहभागी हुने गर्दछन् । गतवर्ष उनीहरुले पलाञ्चोक भगवती मन्दिर परिसर सरसफाई गरेका थिए ।
फोहोरले प्रदुषण र कुरुप बन्दै गएको दोलालघाट पिकनिक क्षेत्र केहि हदसम्म सफा भएको छ । रमणीय स्थल कुरुप बन्दै जादा स्थानिय तथा आन्तरिक पर्यटनमा नकारात्मक प्रभाव पर्ने भन्दै विद्यार्थीहरुले गुनासो गरे ।

सरसफाई कार्यक्रमका संयोजक शिक्षक रुपक खत्रीले उक्त स्थानलाई सफा र स्वच्छ राख्नुका साथै एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सबैले सहयोग गर्नुपर्ने बताए । साथै उक्त स्थनलाई सफा राख्न काठमाडौँ युनिभर्सिटी हाईस्कुलले आगामी दिनमा यस्ता कार्यहरुलाई निरन्तरता समेत दिने बताए ।

दोलालघाट काभ्रे जिल्लाकै प्रसिद्ध पिकनिक स्थलका रुपमा चिनिन्छ । दोलालघाटमा पिकनिक तथा विभिन्न कार्यक्रम गर्न काठमाडौँ उपत्यकालगायत सिन्धुपाल्चोक, रामेछाप र दोलखाबाट मानिसहरु यहाँ आउने गर्दछन् । पिकनिक तथा अन्य कार्यक्रम गरेसंगै उब्जेका फोहोरहरुले दोलालघाट क्षेत्र फोहोर मात्र हैन कुरुप नै बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस