काभ्रेमा आज थपिए २ जना कोरोना संक्रमित

नौलो समाचार संवाददाता
२०७७ चैत्र २२, आईतबार मा प्रकाशित ६८२ पटक पढिएको
काभ्रेमा आज थपिए २ जना कोरोना संक्रमित

चैत्र २२, काभ्रे । काभ्रे जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आज थपिएका संक्रमित बनेपा र नमोबुद्ध नगरपालिकाका १/१ जना रहेका छन् ।

योसँगै काभ्रेमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३३ सय ९४ पुगेको छ ।

जिल्लामा अहिले २ जना महिला र १६ जना पुरुष गरी १८ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका काभ्रेले जनाएको छ । कार्यालयका अनुसार सबै सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन् ।

कोरोनाका कारण काभ्रेमा हालसम्म ६३ जनाको मृत्यु भैसकेको छ , जसमध्ये काभ्रे जिल्लका ४५ जना छन् भने अन्य जिल्लाका १८ जना रहेका छन् ।

थप विवरण हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस