काभ्रेमा आज थपिए ४ संक्रमित, ११७ जनालाई खोप लगाईयो

नौलो समाचार संवाददाता
२०७७ चैत्र २७, शुक्रबार मा प्रकाशित ६४१ पटक पढिएको
काभ्रेमा आज थपिए ४ संक्रमित, ११७ जनालाई खोप लगाईयो

चैत २७, काभ्रे । काभ्रेमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेलका ३ जना र पनौती नगरपालिकाबाट १ जना रहेका छन् ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ८ पुगेको कार्यालयको जनाएको छ ।

त्यसैगरी जिल्लामा आज १ जना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयले जनएको छ ।

११७ जनाले लगाए खोप 

काभ्रेमा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तरगत १ सय १७ जनाले खोप लगाएका छन्। कार्यालयका प्रमुख डा.नरेन्द्रकुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज २८ जना चीनमा अध्ययन गर्ने र पढ्न जाने विद्यार्थी (हाल नेपालमा रहेका), १ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, २४ जना शिक्षक र प्राध्यापक, ४१ जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी र २४ जना अन्यलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।

थप विवरण हेर्नुहोस :-


प्रतिक्रिया दिनुहोस