साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

नौलो समाचार संवाददाता
२०७७ चैत्र २८, शनिबार मा प्रकाशित १३५२ पटक पढिएको
साहित्यकार हरि मञ्जुश्रीलाई मोति महोत्सवमा “शब्द सारथी” को उपाधि

चैत २८, काभ्रे । साहित्यकार तथा भाषासेवी हरिमञ्जु श्रीलाई एक कार्यक्रमका बिच ६० वर्ष उमेर पुगेको अवसरमा मोति महोत्सव गरी शनिबार मनाईएको छ ।

लिला–मध्यमार्ग अक्षयकोष शब्दयात्रा प्रकाशन, गुरुकुल पाठशाला, नैमिषारण्य, मानव अधिकार संगठन काभ्रे लगायत पाँच दर्जनभन्दा बढि संघ संस्थाहरुले अभिवन्दनापत्र प्रदान गरी सम्मान गरेका थिए ।

मोति महोत्सव मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा मञ्जु श्रीलाई प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्राडा भोलाले ६ फिटको ताम्रापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य मूल समारोह समितिका सदस्य चन्द्रबहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष समाजसेवी भरत जंगमले गर्नुभएको थियो ।

सोही अवसरमा हरिमञ्जु श्रीबाट लेखन पुस्तक शब्दकला नायक पुस्तकको काठमाडौं विश्वविद्यालयका उपमूलपति डा.भोला थापा, संस्थापक उपमकुलपति सुरेशराज शर्मा र आयोजक समितिका अध्यक्ष भरत जंगमले संयुक्त रुपमा थैली खोलेर विमोचन गर्नुभएको थियो । साहित्यकार मञ्जुश्रीलाई सोही अभिनन्दन समारोहमा ‘शब्द सारथी’ पदबाट समेत भव्य रुपमा सम्मान गरिएको थियो ।

अभिनन्दन समारोहका काठमाडौं विश्वविद्यालयका संस्थापक उपकूलपति प्रा.डा. सुरेशराज शर्मा, वरिष्ठ पत्रकार हरिगोपाल प्रधान लगायत सयौंको उपस्थिति रहेको थियो ।
मञ्जुश्रीले एक अनुदित पुस्तक, एक टेलिचलचित्र, रेडियो नाटक, तीन मौलिक पुस्तक लेखन ३२, पुस्तक सम्पादन ९२ र १५ सयभन्दा बढी फुटकर प्रकाशनहरुसँगै डेढसयभन्दा बढी पुस्तकहरुमा मन्तव्य, २ सयभन्दा बढी पुस्तकमा प्रकाशकीय लेखिसक्नु भएको छ ।

सोही अवसरमा अभिवन्दना हस्तान्तरण गर्नेहरुले अब एउटा पाटोमा हरि मञ्जुश्री र अर्को पाटो शब्दयात्रा प्रकाशन रहेको चर्चा गरेका थिए ।
शब्द कलाका नायक पुस्तकको पेज नं. ३४० मा “लिखुरेका तगडा सिर्जना” लेखमा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसीसँगको मित्रता र हरि मञ्जुश्रीको सम्बन्धको बारेमा महत्वपूर्ण चर्चा समेत गरिएको छ । उहाँ २०४२ साल मंसिरबाट काठमाडौं, मैतिदेवीस्थित पञ्चकुमारी छापाखानाबाट प्रकाशन हुने नेपालभूमि साप्ताहिकमा साहित्यिक स्तम्भकार एवं प्रुफ रिडरको रुपमा काम सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस