बनेपामा देशभरका २६ स्रष्टालाई ‘जनमत’को सम्मान

नौलो समाचार संवाददाता
२०७७ चैत्र २८, शनिबार मा प्रकाशित १०२४ पटक पढिएको

बनेपामा देशभरका २६ स्रष्टालाई ‘जनमत’को सम्मान

चैत २८, काभ्रे । काभ्रेको बनेपामा अवस्थित जनमत वाङ्मय प्रतिष्ठान नेपालले देशैभरिका एकैपटक २६ साहित्यिक स्रष्टाहरूलाई सम्मान गरेको छ । प्रतिष्ठानको ३७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न जिल्लाका २६ जना स्रष्टाहरुलाई सम्मान गरेको हो । कोभीड १९ को कारण गत वर्ष हुन नसकेको सम्मान कार्यक्रम पनि यसै वर्ष गर्नुपरेको भन्दै संस्थाका जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालले बताए ।

शनिबार काभ्रेको बनेपामा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीबाट २०७५ सालका सम्मानित विभिन्न प्रतिभाहरुलाई पदक, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ ।

२०७५मा सम्मानित प्रतिभाहरुमा चितवनका रविकिरण निर्जीवलाई दीपा जनमत सम्मान, काठमाडौंका राजा शाक्यलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान, दोलखाका शेषराज सिवाकोटी हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, झापाका टंक उप्रेतीलाई जनमत–जनक प्रधान सेवा सम्मान, गुल्मीकी भागीरथी श्रेष्ठलाई केवलपुरे जनमत सम्मान, काभ्रेका ठाकुर प्रसाद मैनालीलाई जनमत–महेन्द्रलाल कला सम्मान, सुनसरीकी रिता ताम्राकारलाई कमला सैजु–जनमत सम्मान, काभ्रे बनेपाका सोमकाजी शाक्यलाई जनमत–राजभाई सहयात्री सम्मान, मकवानपुरकी लक्ष्मी भट्टराईलाई भारती–जनमत साहित्यिक पत्रकारीता सम्मान, रौतहटकी यशु श्रेष्ठलाई जनमत–केदार–शुदर्शना वाल साहित्यिक सम्मान, सिन्धुलिका मुकुन्द प्रसाद उपाध्यायलाई जनमत–सिचि धर्म–संस्कृति सम्मान, पाल्पाका रामबहादुर पहाडीलाई जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान र काभ्रेका डा. राजेन्द्र कोजुलाई जनमत–दिपक वैद्य स्वास्य सम्मानबाट सम्मान गरेका छन् ।

त्यस्तै २०७६ सालको सम्मानीत हुने स्रष्टाहरूमा अर्घाखाँचीका ठाकुर वेलवासेलाई दिपा–जनमत सम्मान(कविता), काठमाडौंका शुरेश किरणलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान, ललितपुरका हरिराम जोशीलाई हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान, लमजुङका नवराज पहाडीलाई जनमत–जनक प्रधान सेवा सम्मान, काठमाडौकी डा. उषा ठाकुरलाई केवलपुरे जनमत सम्मान, मोरङ सरोजा खड्कीलाई जनमत–महेन्द्रलाल कला सम्मान, काठमाडौंकी सुलोचना मानन्धर धिताललाई कमला सैजु–जनमत सम्मान, कास्कीकी रिता न्यौपाने पहरीलाई जनमत–राजभाई सहयात्री सम्मान, काठमाडौंकी साबित्री श्रेष्ठलाई भारती–जनमत साहित्यिक पत्रकारीता सम्मान, पर्वतका छायाँदत्त न्यौपाने ‘बगर’लाई जनमत–केदार–शुदर्शना वाल साहित्यिक सम्मान, धादिङका डा. रमेशचन्द्र अधिकारीलाई जनमत–सिचि धर्म–संस्कृति सम्मान, ताप्लेजुङका डा. गोबिन्दराज भट्टराईलाई जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान र काभ्रेका डा. सुमनराज ताम्राकारलाई जनमत–दिपक वैद्य स्वास्य सम्मानबाट सम्मान गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य सिर्जना दुवालले गरेकी थिइन् भने सम्पूर्ण अतिथिहरूलाई पत्रकार तथा प्रतिष्ठानकी सदस्य भगवती तिमल्सिनाले धन्यवाद मन्तव्य राखकी थिइन् । समकालिन साहित्यका बारेमा प्रा।डा। जगतप्रसाद उपाध्यायले उजागर गरेका थिए ।

उक्त सम्मान कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्मचार्य, नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, बरिष्ठ राजनीतिज्ञ तथा लेखक दिनानाथ शर्मा, वरिष्ठ समालोचक राजेन्द्र सुवेदी, वरिष्ठ कथाकार हरीहर खनाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रतिष्ठानका सचिव सूर्यप्रसाद लाकोजुले सञ्चालन गरेका थिए । अध्यक्ष दुवालकै सक्रियतामा जनमत साहित्यक प्रतिष्ठानबाट विगत ३७ वर्षदेखि जनमत मासिक साहित्यक पत्रिका प्रकाशन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस