विद्यालय बन्द गर्नु हुदैन : प्याब्सन

सुरक्षा अपनाएर संचालन गर्नु उपयुक्त
नौलो समाचार संवाददाता
२०७७ चैत्र २९, आईतबार मा प्रकाशित १२७६ पटक पढिएको
विद्यालय बन्द गर्नु हुदैन : प्याब्सन

चैत २९, काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न सरकारले गरेको मुख्य शहरका विद्यालय तीन साता बन्द गर्ने तयारीप्रति निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)ले असहमति जनाएको छ ।

काठमाडौंसहित प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल भएको थियो ।

विद्यालय बन्द गर्नका लागि सरकारलाई सिफारिस गरेको सीसीएमसीको निर्णयमा निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् ।

निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु नै उपयुक्त हुने बताएको छ ।

कोरोना संक्रमणको दर देशभर एउटै नहुने भएकाले अत्यन्त आवश्यक भए सम्बधित विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न भन्दै प्याब्सनले अन्य ठाउँमा विद्यालय सञ्चालन गर्न दिन आग्रह गरेको छ ।

भौगोलिक विकटता, अभिभावकको आर्थिक सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता र शिक्षकको प्राविधिक दक्षताका कारण अनलाइन कक्षा प्रभावकारी नहुने प्याब्सनको भनाइ छ ।

गत वर्ष कोरोना महामारीको समयमा विद्यालय बन्द हुँदा सञ्चालन गरिएको अनलाइन कक्षामा ५० प्रतिशत विद्यार्थीमात्र समेटिएको भन्दै प्याब्सनले अहिले पनि विद्यालय बन्द गर्न नहुने बताएको हो ।

प्याब्सनद्धारा जारी विज्ञप्ती :-

प्रतिक्रिया दिनुहोस