नमोबुद्ध बुचाकोटमा ट्रयाक्टर दुर्घटना‚ एकको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ चैत्र २९, आईतबार मा प्रकाशित ६७१ पटक पढिएको

नमोबुद्ध बुचाकोटमा ट्रयाक्टर दुर्घटना‚ एकको मृत्यु

चैत २९, काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोटस्थित बीपी राजमार्गमा ट्रयाक्टर दुर्घटन हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा सिन्धुलीको मरिण गाउँपालिका–५ का १७ वर्षीय सहचालक झलक विक रहेका छन् । ट्रयाक्टरमा सबार २ जना मध्ये चालक सोहि स्थानका २४ वर्षिय विमान विक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।

आज (आईतबार) बिहान धुलिखेलबाट भकुण्डेतर्फ जादै गरेको ना ५ च ६०८७ नं को ट्रयाक्टर ढलान गर्ने मिक्सर बोकेर गएको र तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको उनले जानकारी दिए । ट्रयाक्टर सडकबाट अन्दाजी २०/२५ फिट तल खसेको बताईएको छ ।

शव पोष्टमाटमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । चालक विकलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको सुचना अधिकारी खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस