काभ्रेमा आज थपिए ३ नयाँ संक्रमित, ७२४ जनाले लगाए खोप

नौलो समाचार संवाददाता
२०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित ५३८ पटक पढिएको
काभ्रेमा आज थपिए ३ नयाँ संक्रमित, ७२४ जनाले लगाए खोप

चैत ३१, काभ्रे । काभ्रेमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकाका १ जना, तेमाल गाउँपालिकामा १ र रोशी गाउँपालिकामा १ जना रहेका छन् ।

यस्तै आजै ३ जना संक्रमित उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयले जनएको छ।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या २२ रहेको छ ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय १४ पुगेको कार्यालयको जनाएको छ ।

७२४ जनाले लगाए खोप 

काभ्रेमा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तरगत आज ७ सय २४ जनाले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज खोप लगाउने सबै भन्दा धेरै शिक्षक र प्राध्यापक रहेका छन् । आज ५ सय ५५ जना शिक्षक तथा प्राध्यापकले कोरोना बिरुद्धको खोप लागेका छन् ।

यसैगरी खोप लगाउनेमा यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी १०७ जना र ६२ जना अन्यलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।

कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस