पनौती जेसीजको शुभकामना तथा चियापान कार्यक्रम, पत्रकार महत सम्मानित

नौलो समाचार संवाददाता
२०७८ बैशाख १, बुधबार मा प्रकाशित ९७५ पटक पढिएको
पनौती जेसीजको शुभकामना तथा चियापान कार्यक्रम, पत्रकार महत सम्मानित

बैशाख १, काभ्रे । पनौती जेसीजले नव वर्ष २०७८को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पनौतीस्थित जेसीजको भवनमा आज (बुधबार) आयोजित कार्यक्रममा नव वर्षको शुभकामना आदानप्रदानका साथै व्यक्तित्व सम्मान तथा पनौती जेसीजको भित्तेपात्रो विमोचन गरिएको थियो ।

पनौती जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी मिरा गिरीको सभापतित्वमा भएको कार्यक्रममा दश वर्षदेखी संचारकर्ममा क्रियाशिल पत्रकार अशोक महतलाई उक्त क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । साथै पत्रकार महत हालै सम्पन्न नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा कार्यसमिती सदस्यमा निर्वाचित भएको अवसरमा बधाई ज्ञापन पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पनौती जेसीजका संस्थापक अध्यक्ष जेसी सुरेश सैंजुले नव वर्ष २०७८ को शुभकामनासहित पनौती जेसीज र पनौती जुनियर जेसीजलाई नयाँ वर्षसंगै सक्रिय रुपमा समाजिक कार्यक्रम गर्नका लागि शुभकामना दिनुभयो । उहाँले अध्यक्ष जेसी गिरीको कार्यकालमा राम्रा कार्यहरु भैरहेको भन्दै प्रशंसा गर्नुभयो ।

यस्तै कार्यक्रमका सभापति तथा पनौती जेसीजका वर्ष २०२१का अध्यक्ष जेसी मिरा गिरीले नव वर्षको शुभकामना मनतव्य राख्दै सामाजिक कार्यमा जुनियर जेसीजलाईसंगै लिएर अगाडी बढिरहेको बताउनुभयो । मकरमेला निम्तो, स्मारिका प्रकाशन लगायत विशेष मकर मेलाकालागी लक्षित गरि विभिन्न सामाजिक कार्यक्रम ल्याउने आफुहरुको योजना रहेको जेसी गिरीको भनाई छ । साथै उहाँले नयाँ वर्षको क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जेसीहरु, वर्तमान जेसी पदाधिकारी, जुनियर जेसीजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । महासचिव जेसी पुरुषोत्तम सुबेदीले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यकारी उपाध्यक्ष जेसी आरती सापकोटाले स्वागत मनतव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस