कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

साँझ ७ बजेदेखि रेष्टुरेन्ट बन्द, भिडभाड हुने ठाउँमा नजान आग्रह
नौलो समाचार संवाददाता
२०७८ बैशाख २, बिहिबार मा प्रकाशित १०४० पटक पढिएको
कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल

वैशाख २,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन अपिल गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन अपिल गरेको हो।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ्ग रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाेे विज्ञप्ति

प्रतिक्रिया दिनुहोस