राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: काभ्रेका ५४ सहित देशभर ७ हजार २७८ विद्यालय छनाैट

नौलो समाचार संवाददाता
२०७८ बैशाख २, बिहिबार मा प्रकाशित ८४५ पटक पढिएको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: काभ्रेका ५४ सहित देशभर ७ हजार २७८ विद्यालय छनाैट

बैशाख २, काभ्रे। शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौट गरेको छ ।

जसमध्ये काभ्रेका ५४ विद्यालय छनौटमा परेेेका छन् ।

बनेपा नगरपालिकामा ११ वटा विद्यालय छनौटमा परेका छन्। यस्तै धुलिखेल नगरपालिकामा ९ वटा, पाँचखाल नगरपालिकामा ६ वटा, मण्डनदेउपुर नगरपालिकामा ५ वटा, नमोबुद्ध नगरपालिकामा ३ वटा, पनौती नगरपालिकामा १ वटा, चौरी देउराली गाउँपालिकामा ३ वटा, तेमाल, बेथान र रोशीमा ४/४ वटा, भुम्लु गाउँपालिकामा ३ र महाभारत गाउँपालिकामा १ वटा विद्यालय छनौट भएका छन् ।

छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् ।

छनौट भएका विद्यालयहरु

बनेपा नगरपालिका

चैतन्य मावि

चण्डेश्वरी मावि

शिक्षासदन मावि

श्वेतबराह मावि

हिमालय मावि

आजाद मावि

महेन्द्र मावि

सरस्वती प्रावि

आदर्श वाल विकास केन्द्र

काभ्रे बहिरा विद्यालय

पोर्टेज विशेष विद्यालय

धुलिखेल नगरपालिका

सञ्जीवनी मावि

कालीदेवी मावि

बालज्योति मावि

सरस्वती मावि

पूर्ण सञ्जीवनी मावि

हनुमान मावि

सेतीदेवी मावि

शंखेश्वर मावि

श्रीखण्डपुर मावि

पाँचखाल नगरपालिका

भगवती मावि

भक्रमदेवी मावि

जनता मावि

पलाञ्चोक मावि

राम मावि

बालप्रतिभा आधारभूत मावि

 मण्डनदेपुर नगरपालिका

महाकाली मावि

विन्ध्यवासिनी मावि

पञ्चकन्या आधारभूत विद्यालय

बाग्देवी मावि

चण्डेनी मावि

नमोबुद्ध नगरपालिका

श्रीराम मावि,

कृष्ण मावि

कान्पुर मावि

पनौती नगरपालिकामा भालेश्वर मावि मात्र छनौट भएको छ । 

तेमाल गाउँपालिका

जनचेतना मावि

नारायणस्थान मावि

भूमे मावि

जनज्योति मावि

बेथानचोक गाउँपालिका

भिमेश्वर मावि

आत्मविकास मावि

सरस्वती मावि

पार्वती मावि

रोशी गाउँपालिका

गणेशमावि

हरिसिद्धि मावि

पञ्चकन्या मावि

अमरनाथ मावि

कात्तिकेदेउराली गाउँपालिका

प्रभा मावि

सरस्वती मावि

बुद्धहिमालय मावि

भुम्लु गाउँपालिका

बनदेवी मावि

अरुणेदय मावि

प्रकाश मावि

महाभारत गाउँपालिकामा गोकुले मावि मात्र छनौट भएको छ । 

छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट तथा कार्यक्रम निकास गर्ने शिक्षा विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस