पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित पदाधिकारीहरुलाई काँग्रेसद्वारा सम्मान

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित ११२३ पटक पढिएको

पत्रकार महासंघ काभ्रेका नवनिर्वाचित पदाधिकारीहरुलाई काँग्रेसद्वारा सम्मान

बैशाख ३, काभ्रे । हालै निर्वाचित नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पदाधिकारी र सदस्यहरुलाई नेपाली काँग्रेसले बधाई तथा सम्मान गरेको छ ।

बिहिबार पनौतीमा एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले प्रेस युनियन र प्रेस संगठन प्यानलमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए ।

यस्तै नेपाली काँग्रेस पाटी कार्यालय बनेपामा काँग्रेसका केन्द्रीय सदस्य हुमागाई, काँग्रेस जिल्ला कार्यसमिति काभ्रे, जिल्ला सभापति मधु आचार्य लगायत पदाधिकारीहरुले निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई खादा र टिका लगाएर सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य शिव हुमागाई, नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, नवनिर्वाचित पत्रकार महासंघ अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा काँग्रेस नेताहरु तिर्थ पसखल, अच्युत पौडेल, कञ्चनचन्द्र वादे, गणेश लामा, दिनेश लामा लगायत पत्रकार महासंघका पूर्व अध्यक्षहरु इश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा, पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्य, प्रदेश सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद सदस्य लगायत सहभागि भएका थिए ।


प्रतिक्रिया दिनुहोस