काभ्रेको पर्यटकिय क्षेत्रलाई विश्वमा चिनाउन काभ्रे सेवा समाजले फोटोग्राफी प्रतियोगिता गर्दै

नौलो समाचार संवाददाता
२०७८ बैशाख ८, बुधबार मा प्रकाशित १४३९ पटक पढिएको

काभ्रेको पर्यटकिय क्षेत्रलाई विश्वमा चिनाउन काभ्रे सेवा समाजले फोटोग्राफी प्रतियोगिता गर्दै

बैशाख ८, काभ्रे । अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा मुख्य आयोजक तथा काभ्रे सेवा समाज सहआयोजक रहने गरी काभ्रे जिल्लाको आन्तरिक तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन तथा विकाश गर्ने उद्देश्यले फोटोग्राफी प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा सहभागी हुनका लागि फ़ोटो पठाउने अन्तिम मिति बैशाख ३१ सम्म रहेको छ भने प्रतियोगितामा विजयीको घोषणा जेष्ठ ८गते गरिनेछ । प्रथम पुरस्कार नेपाली २० हजार , दोश्रो पुरस्कार १५ हजार, तेश्रो पुरस्कार १० हजार तथा प्रतियोगितामा पपुलर हुने फ़ोटोलाई ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

फोटो प्रतियोगितामा समावेश हुनको लागि निम्न प्रक्रियाहरू पुरा गरेको हुनु पर्नेछ:
१) काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय स्थलको फोटोलाई मात्र समावेस गर्न गरिनेछ ।
२) फोटो खिचिएको स्थान, मिति तथा त्यसको विवरण सहित त्यस स्थानको छोटो परिचय समावेस गरेको हुनु पर्नेछ ।
३) फोटो JPEG Format मा हुनु पर्नेछ ।
४) फोटो यस सँस्थाको इमेल  ([email protected] ) मा बैसाख ३१गते भित्र पठाई सक्नु पर्नेछ ।
५) जेष्ठ ८ गते बिजेता घोषणा गरिनेछ ।
६) प्रथम पुरस्कार रु २० हजार, द्धितिय पुरस्कार रु १५ हजार, तृतिय पुरस्कार रु १० हजार तथा मोष्ट पपुलर फोटोलाई रु ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
७) फोटो सक्कली हुनु पर्नेछ, सच्याएको हुनु हुँदैन ।
८) उत्कृष्ट फोटो छनौट प्रकृया आयोजकले निर्धारण गर्नेछन् । ९० एक प्रतियोगीको एक मात्र फोटो सहभागी गराइने छ र प्रतियोगितामा समावेस भएका फोटोको स्वामित्व आयोजक कै हुनेछ । उत्कृष्ठ ठहरिएका फोटोहरुलाई स्थानिय फोटो प्रदर्शनीमा सहभागी गराइनेछ ।

नयाँ वर्ष बि.स. २०७८ को शुभकामना अदन प्रदान् कार्यक्रममा संस्थाका अध्यक्ष दीपक खरेलले २०१३ देखी नै सबै काभ्रेलीलाई विश्वव्यापी रुपमा जोड्ने सपना देखेको बताउँदै उक्त सपना विक्रम संवत २०१७ मा मात्र प्रारम्भ गर्न सफल भएको बताएका थिए । फ़ोटो प्रतियोगिताका संयोजक तथा निवर्तमान अध्यक्ष कपिल देव थापा (जापान) ले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै विदेशमा रहेका काभ्रे ज़िल्लाक़ा साथीभाई बीच संजालको बिस्तार तथा नेपालमा सहायोग गर्नु सँस्थाको मुख्य उद्देश्य रहेको बताएका थिए।

शुभकामना आदानप्रदान कार्यक्रममा काभ्रे सोसाइटी यूकेका अध्यक्ष रवीन्द्र शर्माले आफू जन्मेको ठाउँको पर्यटकीय आकर्षण क्षत्रको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्य रहेको उक्त फ़ोटोग्राफ़ी कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए। गत नोभेम्बरमा स्थापना भएको काभ्रे सोसाइटी युके ले १७जना अति विपन्न जेहेनदार विद्यार्थी बालवालिकाको पहिचान गरी छात्रवृत्ति प्रदान गर्ने तथा अनलाइ सदस्यता वितरण कार्य सुरु गरिसकेको छ । उक्त शुभकामना कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोहन वस्नेतबाट भएको थियो।


प्रतिक्रिया दिनुहोस