एकैदिन सुन तोलामा १३०० रूपैयाँले बढ्यो

नौलो समाचार संवाददाता
२०७८ बैशाख ८, बुधबार मा प्रकाशित १०९७ पटक पढिएको
एकैदिन सुन तोलामा १३०० रूपैयाँले बढ्यो

बैशाख ८, काठमाडौं । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिद(बिक्री भएको थियो । चाँदीको भाउ लगातार चारदिन एउटै मूल्यमा कारोबार भएपनि बुधबार भने सामान्य वृद्धि भएको छ ।

यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस