गायक शाहको ‘ज्यानलाई भो खतरा’ गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ८१२ पटक पढिएको
गायक शाहको ‘ज्यानलाई भो खतरा’ गीत सार्वजनिक (भिडियो)

बैशाख ११, काभ्रे। चर्चित कलाकार, चलचित्र निर्माता तथा गायक बिक्रमजंग शाहको नयाँ गीत ‘ज्यानलाई भो खतरा’ गीत एक कार्यक्रमकाबिच सार्वजनिक भएको छ । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय शाहको प्रेमिल जोडीको भावना समेटिएको रोमान्टिक यो गीतमा शाहलाई गायिका अन्जु पन्तले स्वरमा साथ दिएका छन् ।

गीतमा लेखु सहयात्रीको शब्द, सुवाष भुषालको संगीत र पुरुषोत्तम सुवेदीको एरेञ्ज रहेको छ ।

मुस्ताङको रमणीय स्थान मार्फा गाउँ र धुम्बा ताल परिसरमा खिचिएको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र डेब्यु मोडल रविन्द्र रिमालको आकर्षक अभिनय रहेको छ । मनोज केसीको कन्सेप्ट र सम्झना उप्रेती रौनियारको निर्देशन रहेको गीतको भिडियोमा गोबिन्द राईको नृत्य रहेको छ ।

कर्णप्रिय गीतको भिडियोमा रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने भरत रेग्मीको सम्पादन तथा रंग संयोजन रहेको छ । भिडियोमा सिता तामाङ केसीले श्रृङ्गार, राजेन्द्र कमल राईले ड्रेस डिजाइन र सुन्दर श्रेष्ठ (आइडियल)ले पोस्टर डिजाइन रहेको छ ।

गायक शाहको जन्मदिनको दिन सार्वजनिक गीतको भिडियोलाई सबस्त ईन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७८ को शुभकामना सहित सार्वजनिक गीति भिडियो आफ्नो नविनतम र फरक स्वादको रहेको शाह बताउँछन् ।

टिकटक प्रयोगकर्ताको लागि अवसर ‘ज्यान भो खतरा’ बोलको गीतले टिकटक प्रयोगकर्ताको लागि सुवर्ण अवसर ल्याएको छ । गायक बिक्रम जंग शाहका अनुसार यो गीतमा उत्कृष्ट टिकटक बनाउनेहरु मध्येबाट एक जनालाई गीतको दोस्रो भागमा मोडलिङको अवसर दिइनेछ । यो सुवर्ण अवसर प्राप्त गर्नलाई यो गीतमा टिकटक बनाएर ह्याजट्याग ‘ज्यानलाई खतरा’ लेखेर पोस्ट गर्नु पर्नेछ ।

हेर्नुहोस् भिडियो :- 

प्रतिक्रिया दिनुहोस