काेराेना बिरूद्ध सार्वजनिक बसमा ट्राफिक प्रहरी काभ्रेकाे सचेतना कार्यक्रम

प्रेसर हर्न निकाल्ने अभियान सुरू
नौलो समाचार संवाददाता
२०७८ बैशाख १२, आईतबार मा प्रकाशित ७९६ पटक पढिएको
काेराेना बिरूद्ध सार्वजनिक बसमा ट्राफिक प्रहरी काभ्रेकाे सचेतना कार्यक्रम

बैशाख १२, काभ्रे। काभ्रेमा पनि काेराेना संक्रमितकाे महामारी बढेसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतना कार्यक्रम सुरु गरेेको छ। कोरोना भाइरबाट जोगिने उपायबारे सम्झाइ, बुझाइ सचेतना जगाउन ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ कार्यक्रम ल्याएको छ।

सार्वजनिक सवारीमा यात्रा गर्दा मास्क नलगाएका यात्रु, चालक र सहचालकलाई सचेतनासंगै मास्क वितरण गर्नेे कार्य गरिरहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ हालै सरूवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकाे प्रमुख भएर आउनुभएको हाे।

काभ्रेमा पनि काेराेना संक्रमितकाे संख्या बढी रहेकोले आफु र आफ्नो परिवारको लागि पनि सचेत भएर सार्वजनिक बसमा यात्रा गर्दा तथा भिडभाडमा जानु परेकाे अवस्थामा माक्सकाे अनिवार्य प्रयाेग गर्न सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ। 

प्रेसर हर्न निकाल्ने अभियान सुरू 

ट्राफिक प्रहरी कार्यालय काभ्रेले टिपर र लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा प्रयोग हुने प्रेसर हर्न निकाल्न अभियान सुरू गरेकाे छ ।

पनौतीको छाला कारखााना, जनागाल र बनेपा पुल बजार स्थिति आफ्नै कार्यालय आसपासमा सवारी जाँचको क्रममा प्रेसर हर्न निकालिएको र यसलाई निन्तरता दिइने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

खास गरी टिपर र लामो दुरीका सार्वजनिक सवारी साधनहरुले प्रेसर हर्न अत्याधिक प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस