काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर संक्रमण पुष्टि

नौलो समाचार संवाददाता
२०७८ बैशाख १२, आईतबार मा प्रकाशित ७८९ पटक पढिएको
काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर संक्रमण पुष्टि

बैशाख १२, काभ्रे । काभ्रेको चौँरीदेउरालीमा बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । जिल्लाको चौँरीदेउराली गाउँपालिका– ६ का बिष्णुराज गिरीको चौँरीदेउराली एकिकृत नमूना कृषि फर्ममा पालिएको १८ वटा बाख्राहरुमा पिपिआर संक्रमण पुष्टि भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद शाहले बताए ।

गिरीको फर्ममा बाख्रहरुमा संक्रमण भएपछी लगातार ६ वटा बाख्राहरु मरेका थिए । त्यसपछि बाँकी बिरामी रहेका माउ बाख्राहरुको र्याल र मरेका बाख्राहरुको सल्यक्रियालगायत लक्षणहरुको ल्याबबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको शाहाले बताए । शाहले बिरामी बाख्राहरुका लागि छुट्टै उपचार प्रणाली अपनाउन किसान र त्यहाँ कार्यरत प्राविधिकलाई निर्देशन दिएको बताए । उनले मानव संसाधनमा पनि आफूहरु फिल्डमै गएर त्यहाँ कार्यरत प्राविधिकहरुमा समन्वयमा सो कुरा पत्ता लाग्न सफल भएको बताए ।

फर्म सञ्चालक गिरीका अनुसार उनले सिरोही जातको बाख्रा कञ्चनपुर र केही बाख्रा पाँचखालबाट ल्याएको बताए । उनले बिरामी भएका बाख्रहरुको पनि स्वास्थ्य अवस्था सुधारात्मक रहेको बताए ।

पिपिआर रोग विषाणुबाट लाग्ने डा. शाहले बताए । यो एकदमै संक्रामक छिटो-छिटो सर्ने हुन्छ । यसलाई बाख्राको हैजा भनेर चिन्न सकिन्छ भने यस रोगको प्रमुख लक्षणहरुमा बाख्राहरुमा अत्याधिक ज्वरो आउने, मुख–थुतुनो सुन्नीने, आँखा राता–राता देखिने, खाना नखाने, नाकबाट सिगान बगाउने, गिजा मुखमा घाउ हुने, निमोनिया हुने, रगत मिसिएको गनाउने छेर्ने, तापक्रम घट्दै गै मृत्यु हुने हुन्छ ।

रोग सर्ने माध्यमहरुमा रोगी पशुसँगको निरोगी बाख्रा लसपस भएमा, रोगीले खाएको दानापानी खाएमा, रोगीले प्रयोग गरेको गोठ, खोर, चरन आदि प्रयोग गरेमा पनि यो रोग सर्न सक्ने उनले बताए । पिपिआर नियन्त्रणका लागि प्रत्येक १ वर्षमा नियमित खोप लगाउने, नयाँ बाख्रा किन्दा खोप लगाएको मात्र किन्ने, गर्न समेत किसानहरुलाई आग्रह गरेका छन् ।

डा। शाहले यस रोगको उपचार नलाग्न सक्छ । लक्षणको आाधारमा उपचार गर्ने ,कागतीको रस खान दिने, नरम घास र मनतातो पानी खान दिने, खुल्ला हावामा राख्ने लगायतका क्रियाकलाप गर्न समेत सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस