काभ्रेमा आज थपिए २२ जना कोरोना संक्रमित

२०० जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ बैशाख १२, आईतबार मा प्रकाशित ८२० पटक पढिएको
काभ्रेमा आज थपिए २२ जना कोरोना संक्रमित

बैशाख १२  काभ्रे । काभ्रेमा आज (आइतबार) थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै धुलिखेल नगरपालिकाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित धुलिखेल नगरपालिकामा ११ जना, पाँचखाल नगरपालिकामा ५ जना, बनेपामा २,  नमोबुद्ध नगरपालिकामा २, पनौतीमा १ र रोशी गाउँपालिकामा १ जना गरी जम्मा २२ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।

योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १०१ रहेको छ । जसमा ५४ जना महिला र ४७ जना पुरुष रहेका छन् ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय १२ पुगेको कार्यालयको जनाएको छ ।

२०० जनाले लगाए खोप

काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या २०० जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज धुलिखेल अस्पतालमा २०० जनाले खोप लगाएका हुन् ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस