बैशाख १४, काभ्रे । काभ्रेमा आज (मंगलबार) थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज थपिएका नयाँ संक्रमित बनेपा नगरपालिकामा ११ जना, धुलिखेल नगरपालिकामा ७, पनौतीमा ३, पाँचखाल नगरपालिकामा २ जान गरी जम्मा २३ जनालाइ कोरोना संक्रमण पुष्टी भएको हो।
योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १५१ रहेको छ । जसमा ७७ जना महिला र ७४ जना पुरुष रहेका छन् ।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३५ सय ६९ पुगेको कार्यालयको जनाएको छ ।
५१४ जनाले लगाए खोप
काभ्रेमा आज पहिलो प्राथमिकताको दोश्रो मात्र खोप लगाउनेको संख्या ५१४ जना रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नरेन्द्रकुमार झाका अनुसार आज जिल्ला स्वास्थ्य कार्यालयमा ३३९ जना र धुलिखेल अस्पतालमा १७५ गरी जम्मा ५१४ जनाल खोप लगाएका हुन् ।
थप विवरण हेर्नुहोस:-
प्रतिक्रिया दिनुहोस