देशभर १९ जना कोरोना संक्रमितको मृत्यु, ५ हजार ७ सय ६३ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित ६५६ पटक पढिएको
देशभर १९ जना कोरोना संक्रमितको मृत्यु, ५ हजार ७ सय ६३ जना संक्रमित थपिए

बैशाख १८, काठमाडौँ । गत २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ३३ जना संक्रमितको मृत्यु भएको थियो।

आज देशभर ५ हजार ७ सय ६३ जना संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा ५ हजार ७ सय ६ र एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो। गत २४ घण्टामा १४ हजार ४ सय ३ पिसिआर र ५६६ एन्टीजेन गरी १४ हजार ९ सय ६९ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुने कुल संक्रमितको संख्या २ लाख ८२ हजार ३ सय ८२ जना पुगेको छ। देशभर हाल ४३ हजार २ सय १३ जना आइसोलेसनमा रहँदा ६७ जना क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस