पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अवस्था गम्भीर भएपछि नर्भिक पुर्‍याइयो

पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना
नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित १०७० पटक पढिएको
पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अवस्था गम्भीर भएपछि नर्भिक पुर्‍याइयो

बैशाख १८, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना  भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो ।

अवस्था गम्भीर भएपछि उनलाई नर्भिक अस्पतालमा पुर्‍याइएको नर्भिकका एक चिकित्सकले बताए ।

खनाललाई केही समयदेखि नै मृर्गौलामा समस्या थियो । उनको यसअघि प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना

यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ। उनको पनि मनमोहनमै उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण तीब्र बनेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर ५ हजार ७ सय ६३ कोरोना संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस