संक्रमणले गाज्यो काभ्रेका ३ नगरपालिकालाई, सक्रिय संक्रमित ४०७ पुग्दा बल्ल व्युतियो जिल्ला प्रशासन

नौलो समाचार संवाददाता
२०७८ बैशाख १९, आईतबार मा प्रकाशित १३१८ पटक पढिएको
संक्रमणले गाज्यो काभ्रेका ३ नगरपालिकालाई, सक्रिय संक्रमित ४०७ पुग्दा बल्ल व्युतियो जिल्ला प्रशासन

बैशाख १९, काभ्रे। देशभर तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसले काभ्रे जिल्लालाइ सहरदेखि गाउँसम्म गाजिरहेको छ। पहिलेको भन्दा निकै छिटो फैलिरहेको परिमार्जित कोरोना भाइरस (कोभिड-१९)ले काभ्रेका ३ वटा स्थानीय तहलाई सबैभन्दा बढी प्रभावित पारेको छ।

हिजो शनिबारसम्म जिल्लाको सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ। जिल्ला स्वस्थ्य कार्यालयको बिगत १० दिन (बैशाख ८ देखिको १८ गतेसम्म)को तथ्यांक हेर्ने हो भने जिल्लाभर ३९३ जना संक्रमित थपिएका छन्। यहि अवधिमा संक्रमणका कारण काभ्रेमा ५ जनाको मृत्यु भैसकेको छ, जसमा १ जना सिन्धुपाल्चोक जिल्लाका रहेका छन्।

यहि १० दिनमा सबैभन्दा धेरै संक्रमित पनौती, बनेपा, र धुलिखेल नगरपालिकामा देखिए। सबैभन्दा धेरै बनेपामा ११९ जना संक्रमित थपिए भने दोश्रो नम्बरमा पनौतीमा १०७ जना र धुलिखेलमा ८९ जना रहेका छन्।  अन्य नगरपालिका तथा गाउँपालिकामा पनि दैनिक १/२ जनाको दरले संक्रमित थपिदै गैरहेको छ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगेमा प्रमुख जिल्ला अधिकारीलाइ जिल्लाको आवस्यकता हेरेर निषेधाज्ञा गर्न सक्ने अधिकार दिईएको छ। तर काभ्रेमा सक्रिय सक्रमिताको संख्या ४०७ पुग्दा बल्ल जिल्ला प्रशासन कार्यालय ब्युतिएर निषेधाज्ञा गर्न आदेश जारी गरेको छ। निषेधाज्ञा आइतबार राती १२ बजेबाट लागू हुने जनाइएको छ।

बैशाख १९ गते राती १२ बजेदेखि लागु हुने गरी वैशाख २६ गते राती १२ बजेसम्मलाई काभ्रेका निम्न स्थानमा निषेध आदेश जारी गरिएको छ।
१) अरनिको राजमार्गको सांगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुदै दोलालघाट सम्म सडकको दाँया–बाँया ५ सय मिटर
२) बनेपा देखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर
३) बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर
४) वीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र
5) पाँचखालको जिरोकिलो देखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटरसम्म निषेध आदेश जारी गरिएको छ।

जिल्लामा संक्रमितको संख्या गुणात्मक वृद्धि हुदा समेत जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय, स्थानीयतहहरु कुनैले पनि कोरोना बिरुद्ध जुध्न स्वस्थ्य सम्बन्धि कार्ययोजना बनाउन सकेनन्। जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यलयले भने जनचेतनाक कार्यक्रम चलाउने तथा सार्बजनिक बसमा मास्क वितरणका कार्य गरिरहेका छन्।

यसबीचमा नेपालमा देशभर हालसम्मकै संक्रमण दर र मृत्यु दर उच्च रहेको छ।

प्रत्येक क्षण सामाजिक संजालमा समय बिताउने मानिस धेरै नै छन्, देशविदेश र नेपालको कोरोनाको खबरहरुबाट लगभग सबै जानकार छन् तर पनि आजको यो दिनसम्म मास्क नलागएको भन्दै पुलिसले कारवाही गरिरहनु परेको छ। मानिहरु बिहे भोजमा जान छोडेका छैनन्। जमघट गरेकै छन्, महायज्ञ, सप्ताह चलिरहेकै छन्।

जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा आदेश 

प्रतिक्रिया दिनुहोस