मास्कमा कालोबजारी गरेपछि ‘अल फाइन सप्लायर्स’लाई २ लाख जरिवाना

नौलो समाचार संवाददाता
२०७८ बैशाख १९, आईतबार मा प्रकाशित ११९५ पटक पढिएको
मास्कमा कालोबजारी गरेपछि ‘अल फाइन सप्लायर्स’लाई २ लाख जरिवाना

बैशाख १९, काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई कारबाही गरेको छ । बढी मूल्यमा मास्क बिक्री गरेको भन्दै अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

आज (आईतबार) गरेको बजार अनुगमनका क्रममा खरिद गरेको भन्दा दोब्बर मूल्यमा मास्क बिक्री गरेको भेटिएपछि सो सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा सो सप्लायर्सले प्रतिगोटा ४ रुपैयाँ ४६ पैसामा खरिद गरेको मास्कलाई ८ रुपैयाँ ३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस