पत्रकार महासंघ काभ्रेद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

नौलो समाचार संवाददाता
२०७८ बैशाख २०, सोमबार मा प्रकाशित ७८९ पटक पढिएको
पत्रकार महासंघ काभ्रेद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

बैशाख २० काभ्रे। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेले जिल्लाका रहेका संचारकर्मीहरुलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ।

बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा काभ्रेमा रहेका क्रियाशील संचारकर्मीहरुलाई संस्थागत रुपमा स्वास्थ्य सामग्री बितरण गरिएको हो।

आज महासंघको कार्यलयमा बनेपा हेल्थ केयरका संचालक जितेन्द्र थापाले उक्त स्वस्थ्य सामाग्री महासंघलाइ हस्तान्तरण गर्नुभएको हो ।पत्रकार महासंघका काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिनाले उक्त सामाग्री जिल्लामा रहेका रेडियो, पत्रपत्रिका र अनलाइन न्युजहरुलाइ बितरण गर्नुभएको थियो।

स्वास्थ्य सामाग्रीहरु बनेपा हेल्थ केयरले रेडियो, पत्रपत्रिका र अनलाइन न्युजको लागि सौजन्य गरेको थियो भने पत्रकार महासंघ काभ्रेको लागि काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चले सौजन्य स्वरूप प्रदान गरेको थियो।  कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड अपनाइ संचार संस्थामा आबद्ध पत्रकारहरुलाई सामाग्री बितरण प्रदान गरिएको थियो।

स्वास्थ्य सामाग्री वितरणमा कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पुर्ब अध्यक्षहरु ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटाका साथै काभ्रेका क्रियाशील पत्रकारहरुको उपस्थित रहेको थियो।

पत्रकार महासंघ काभ्रेले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्ने भनिएता पनि कोभिड-१९ को कारणले अन्य कार्यक्रम गर्न नसकिएकोले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिएको महासंघका अध्यक्ष बद्री राज तिमल्सिनाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस