पाँचखालमा श्रीमतीले गरिन श्रीमानको हत्या

नौलो समाचार संवाददाता
२०७८ बैशाख २०, सोमबार मा प्रकाशित ८४० पटक पढिएको
पाँचखालमा श्रीमतीले गरिन श्रीमानको हत्या

बैशाख २०, काभ्रे। काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर-१२ मा आफ्नै श्रीमतीले हँसियाले हानेर श्रीमानको हत्या गरेकी छिन ।

पाँचखाल नगरपालिका-१२ को राममाया दनुवारले आफ्नै श्रीमान निराजन दनुवारको हत्या गरेकी बालुवा प्रहरी चौकीका हवल्दार अनिलकुमार कानुले जानकारी दिए।

हत्या गर्ने श्रीमती दनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

मृतकको शव पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस