लकडाउनमा प्रहरी चौकी पनौतीको प्रयास: माक्स, स्यानिटाईजर र तिर्खाएकालाई पानी

नौलो समाचार संवाददाता
२०७८ बैशाख २०, सोमबार मा प्रकाशित ११४० पटक पढिएको
लकडाउनमा प्रहरी चौकी पनौतीको प्रयास: माक्स, स्यानिटाईजर र तिर्खाएकालाई पानी

बैशाख २०, काभ्रे। काभ्रे जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा बढे संगै सोमबारबाट निषेधाज्ञा (लकडाउन) लागू भएको छ। गएरातिबाट लागु गरिएको  निषेधाज्ञा यहि २६ गते राती १२ बजेसम्म लागू रहने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

लकडाउनको समयमा प्रहरी चौकी पनौतीले नागरिकहरुलाई कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि चेतनामुलक कार्यक्रम जारी राखेको छ। अत्यावश्यक काममा जानुपर्ने बाध्यता तथा मास्क नलगाएका नागरिकहरुलाई मास्क वितरण तथा स्यानिटाईजरले हात सफा गर्ने व्यवस्था गरेको छ। यस्तै सार्वजनिक यातायातका साधन बन्द हुदा हिडेर बसपार्क हुदै जाने नागरिकहरुलाई नि:शुल्क खाने पानीको व्यवस्था पनी गरिदिएको प्रहरी चौकी पनौतीका इन्चार्ज सई सन्तोष बानियाँले बताउनुभयो।

पनौतीको मुख्य केन्द्र बसपार्कमा जनचेतना मुलक ब्यानर राखेर जनचेतना जगाउने कार्य गरिरहेको छ। अटेर गरेर हिड्ने सर्वसाधारणलाइ सम्झाई बुझाइ पठाउने गरेको तथा अटेर गर्नेलाई होल्डमा राखेर सम्झाउने तथा मोटरसाइकल समातेर दिनभर राखिदिने लगाएतका कारवाही पनि गर्ने गरेको सई बानियाँले बताउनुभयो।

गत बर्षको लकडाउनको भन्दा यो पटक मानिहरुको अनावश्यक चहलपहल अत्यन्त न्युन रहेको देखिएको छ। यसको कारण मानिहरु पहिले भन्दा केहि सचेत भएको र मिडिया तथा आफुहरुको निरन्तरको प्रयासले मानिसहरु सचेत हुन पुगेको आफ्नो बुझाई रहेको उहाको भनाइ छ।

जनचेतनाको लागी आफ्नै प्रयासमा नि:शुल्क मास्क, स्यानिटाईजर तथा खानेपानीको लागि आफु लागिरहने उहाले बताउनु भयो।

प्रहरी चौकी पनौतीका ईन्चार्ज सई सन्तोष बानियाँको संयोजनमा गत हप्तादेखि निरन्तर पनौती बसपार्क क्षेत्र आसपासमा  कोरोनाको बारेमा जनचेतना जगाउन सन्देश मुलक माइकिंङ गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस