काभ्रेमा आज एकैदिन ६ जना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २१, मंगलबार मा प्रकाशित २०१० पटक पढिएको
काभ्रेमा आज एकैदिन ६ जना संक्रमितको मृत्यु

बैशाख २१, काभ्रे। काभ्रेमा आज (मंगलबार) ६ जना संक्रमितको मृत्यु भएको छ। यो काभ्रेमा हालसम्मकै उच्च मृत्यु दर हो।

निकै घातक मानिएको दोश्रो भेरियन्टले काभ्रेमा १२ घण्टाको विचमा ६ जनाको मृत्यु भएको हो। कोरोनाको कारण बनेपाको शिर मेमोरियल अस्पतालमा ३ जना तथा धुलिखेल असपतालमा ३ जनाको मृत्यु भएको हो।

शिर मेमोरियलमा मृत्यु हुनेमा बनेपाका २ जना तथा पनौती र मण्डनदेउपुरका १/१ जना ररहेका छन्। यस्तै धुलिखेल अस्पतालमा थप २ जनाको मृत्यु भएको हो, उनीहरु दुबैजना भक्तपुरका रहेका जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो।

आज निधन हुनेहरुमा काभ्रेको पनौती घर भएकी ८० बर्षिय महिला,  मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष, बनेपा घर भएका युवा ब्यवसायी,  बनेपा १ नाला टुकुचाकी ६२ बर्षिया महिला रहेका छन्। यस्तै भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुषको पनि निधन भएको छ।

तिब्र रुपमा फैलिरहेको कोभिड-१९ (कोरोना) को दोश्रो भेरियन्टको संक्रमण बढेसंगै सोमबारसम्म जिल्लमा सक्रिय संक्रमितको संख्या ५५५ पुगेको छ।

कोरोनाबाट सबै भन्दा  प्रभावित बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरपालिका रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस