प्रेस युनियन काभ्रेद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

औषधीमा १० प्रतिशत छुट दिईने
नौलो समाचार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ७०८ पटक पढिएको
प्रेस युनियन काभ्रेद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बैशाख २४, काभ्रे। नेपाल प्रेस युनियन काभ्रेले आफ्ना सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई कोरोना संक्रमणबाट जोगिन मास्क र सेनेटाइजर उपलव्ध गराएको छ । जोखिम मोलेर खटिने पत्रकारको सुरक्षाको लागि ती स्वास्थ्य सामाग्री उपलव्ध गराएको युनियनले जनाएको छ ।

युनियनका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष भोला थापा, धुलिखेलस्थित बलराम फार्मेसी सञ्चालक बलराम थापा, व्यवसायी प्रदिप बोगटी, नेपाल तरुण दल बनेपाका अध्यक्ष सुधिर वैद्य, नेपाल विद्यार्थी संघ बनेपाका सभापति यशकुमार रञ्जितले माक्स र सेनिटाइजर उपलव्ध गराएका थिए।

सामाग्री हस्तान्तरण गर्दै बलराम फार्मेसी धुलिखेलका सञ्चालक बलराम थापाले फ्रन्टलाइनमा खटिने सञ्चारकमीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन काभ्रे शाखाका सदस्य र जिल्लामा कृयाशिल सञ्चारकर्मीको लागि औषधीमा दश प्रतिशत छुट दिने घोषणा गरे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना र प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले पत्रकार र पत्रकारिता क्षेत्रको योगदानको कदर गर्दै गरेको सहयोगप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस