थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज 

५० जना कोरोना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ९४१ पटक पढिएको
थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, २ हजार ९०५ जना उपचारपछि डिस्चार्ज 

बैशाख २४, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ९ हजार १९६ जना संक्रमित पुष्टि भएका हुन्। यो संख्या हालसम्मको उच्च हो।

१९ हजार ९८७ जनाको पिसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन्। हाल ३८० जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

५० जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५७९ पुगेको छ।

२ हजार ९०५ जना उपचारपछि डिस्चार्ज 

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।

यो सँगै नेपालका कोरोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ। यो दर कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो।

हालसम्म कोरोना निको हुनेमा काठमाडौंकाका मात्र १ लाख १२ हजार ८०२ जना रहेका छन्। यस्तै ललितपुरमा १७ हजार ६३५ जना निको भएका छन् भने भक्तपुरमा ९ हजार ८२५ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस