गायक सुवास र सबिनाको लोक दोहोरी गीत ‘नक्कली’ सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित १८२८ पटक पढिएको
गायक सुवास र सबिनाको लोक दोहोरी गीत ‘नक्कली’ सार्वजनिक (भिडियो)

बैशाख २४ काभ्रे। गायक सुवास महत र गायिका सबिना दाहालको ‘नक्कली’ आयुष्मा कार्की बनेकी छिन् । गायक महत र दाहालको लोक दोहोरी गीत नक्कली हालै सार्वजनिक भएको हो।

गायक महतले काठे भाकामा चर्चा कमाएकी लोकदोहोरी गायिका सविना दाहालसँग मिलेर काठे लोक दाहोरी नयाँ गीत ‘नक्कली’ को भिडियो बजारमा ल्याएका हुन् । महत र दाहालको सुमधुर स्वरमा नक्कलीको चार तिर ध्यान‘गीतको भिडियो उत्कृष्ट बनेको महत बताउँछन् ।

भिडियोमा आयुष्मा कार्की, भुवन चौलागाई, लक्ष्मी दर्नाल फिचर्ड छन् । निरेन श्रेष्ठको निर्देशन, अमोन रानाको नृत्य, मरुभूमि नारायणको छायांकन रहेको छ । भिडियोमा मोहन लामाले श्रृङ्गार गरेका छन् भने संगित बानियाको सम्पादन रहेको छ।

गीतमा सुवास महत र सबिना दाहलको स्वर, सानू केसी र अशोक सापकोटाको शब्द, रामहरि भण्डारीको लय, संगीत रहेको छ ।
माया पिरतीका भावना समेटिएको हालै सार्वजनिक ‘नक्कलीु’ गीत निकै मेहनत गरेर तयार गरेको हुनाले लोक पारखीहरुले मन पराइदिनेमा आफु विश्वस्त रहेको गायिका दाहाल बताउँछिन् ।

भिडियो लोक चौतारी युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई ज्योति फिल्मसले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस :-

प्रतिक्रिया दिनुहोस