पनौतीमा तयार भयो २५ शैयाको आइसोलेसन केन्द्र

नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ११९१ पटक पढिएको

पनौतीमा तयार भयो २५ शैयाको आइसोलेसन केन्द्र

बैशाख २५, काभ्रे। पनौती नगरमा कोरोना संक्रमित बिरामीको उपचारका लागी २५ शैयाको आइसोलेसन केन्द्र तयार गरिएको छ। नगरपालिकाको वडा नम्बर-४ को वडा कार्यालय भवनमा अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार गरिएको हो।

यस्तै कोरोना संक्रमित बिरामीको लागी २४ सै घण्टा एम्बुलेन्स पनि तयारी अवस्थामा रहेको पनौती नगरपालिकाका उप-मेयर गीता बन्जाराले जानकारी दिनुभयो। स्वास्थ्यमा समस्या भएमा, कोभिड-१९ को लक्षण देखा परेमा नगरपालिकाका स्वास्थ शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु तथा एम्बुलेन्सका चालक प्रेम लामालाई मोबाईल नं. 9841-008238 मा यथाशिघ्र सम्पर्क गर्न उप-मेयर बन्जाराले अनुरोध गर्नुभएको छ।

आइसोलेसन केन्द्रमा रहेका सबै बेडमा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको छ भने चौबिसैघण्टा स्वास्थ्यकर्मीले हेरचाह र निगरानी गर्ने व्यवस्था गरिएको छ । कोभिड १९ का बिरामीको संख्याको आधारमा स्वास्थ्यकर्मी खटाइनेछ ।

पनौती नगरपालिकासंग ८० वटा बेड रहेको र आवश्यकता परेको खण्डमा आइसोलेसन केन्द्रमा बेड थप गर्न सकिने नगरपालिकाका उप-मेयर गीता बन्जाराले बताउनु भएको छ।

 


प्रतिक्रिया दिनुहोस