चौंरीदेउराली गाउँपालिकाद्वारा निषेधाज्ञा जारी

नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ७५३ पटक पढिएको
चौंरीदेउराली गाउँपालिकाद्वारा निषेधाज्ञा जारी

बैशाख २५, काभ्रे। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालेले पनि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोभिड–१९ संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।

आज (शनिबार) बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को कारण यस गाउँपालिका क्षेत्रभित्रका सवै वडाहरुमा पनि कोरोना संक्रमितहरु भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरि कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको अध्यक्ष गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

सूचनाको वर्खिलाप गएको पाइएमा नियमानुसार कडा कार्वाही गरिने गाउँपालिकाले जनाएको छ ।

निषेधाज्ञा अवधिमा के गर्न मिल्छ के मिल्दैन ?
१)  यस गाउँपालिका भित्र रहेका औषधि र भेटेरनरी बाहेक सबै खाले पसल र होटलहरु बन्द गरी बजार पूर्ण रुपमा बन्द गर्ने ।
२) खाद्यान्न पसलको हकमा प्रत्येक दिन दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म सामाजिक दुरी कायम गरी, सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्ने ।
३) जमघट हुने खालका सामाजिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध, भोजभतेर, पार्टीका भेला, सामुहिक खेल लगाएतका सबै कार्य बन्द गर्ने ।
४) काठमाडौ लगाएत बाहिरबाट आउने सबैले अनिवार्य रुपमा होम आइसोलेसनमा बस्ने ।
५) स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खान्न ढुवानी बाहेकका अन्य सवारी साधानलाई संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

चौंरीदेउराली गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस