काभ्रेमा आज थपिए १३५ जना संक्रमित, २४ जनाले जिते कोरोना, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ६४० पटक पढिएको

काभ्रेमा आज थपिए १३५ जना संक्रमित, २४ जनाले जिते कोरोना, १ जनाको मृत्यु

बैशाख २५, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शनिबार) थप १३५ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १३५ जना मध्ये बनेपाका मात्र ६६ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट पनौतीमा आज २८ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी धुलिखेल नगरपालिकामा २० जना, मण्डनदेउपुरमा ६, पाँचखालमा ५, नमोबुद्धमा २, भुम्लु गाउँपालिकामा ५, रोशी गाउँपालिकामा १, महाभारत गाउँपालिकामा १, तेमाल गाउँपालिकामा १ जना गरी जम्मा १३५ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७४ पुगेको छ। जसमा ४८५ जना महिला र ५८९ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ५९८ पुगेको कार्यालयको जनाएको छ।

१ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज १ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बनेपा नगरपालिका ४० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा निधन भएको हो।

२४ जना डिस्चार्ज

यसै गरी आज २४ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस