काभ्रेका अटो वर्कशप र ग्यारेजबाट अक्सिजन सिलिन्डर निकालेर भरिदै

आर्थिक रुपले बिपन्न रहेका संक्रमितलाई प्राथमिकता
नौलो समाचार संवाददाता
२०७८ बैशाख २५, शनिबार मा प्रकाशित ६५६ पटक पढिएको
काभ्रेका अटो वर्कशप र ग्यारेजबाट अक्सिजन सिलिन्डर निकालेर भरिदै

बैशाख २५, काभ्रे। जिल्लामा कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुगेसंगै बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिन काभ्रे अटो मेकानिक ब्यवसायी संघले अक्सिजनको ब्यवस्थापनमा सहयोग गर्ने भएको छ।

अक्सिजनको अभावमा कोहि कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ मुख्य गरी होम आइसोलेसनमा रहेका आर्थिक रुपले केहि समस्या परेका कोरोनाका बिरामीहरुलाई लक्षित गरी अभियान सुरु गरिएको सहजकर्ता नृपेश बादेले जानकारी दिनुभयो।

यसैगरी अस्पताल, आईसोलेसन केन्द्र तथा अशक्त तथा अक्सिजन आवश्यक पर्ने विरामीहरुका लागि अक्सिजनको अभाव हुन नदिने गरी तयारी थालीएको छ। बनेपाका अटो वर्कशप, ग्यारेज र कवाडिहरुमा रहेका खाली सिलिन्डरहरुको तथ्यांक पनि निकाली सकिएको र ती सिलिन्डरहरु पछि फिर्ता गरिदिने सर्तमा अक्सिजन भर्ने कार्य सुरु गरिएको छ।

ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा ४० वटा खाली अक्सिजन सिलिन्डर जम्मा गरिएको र पनौती ढलमलेमा रहेको अक्सिजन प्लान्टमा भर्न दिईएको सहजकर्ता बादेले जानकारी दिनुभयो। सिलिन्डर संकलन गर्ने कार्य भोलिका दिनमा पनि जारि रहने उहाले बताउनुभयो।

अक्सिजन सिलिन्डर संकलन गर्न बनेपाका अटो वर्कशप, ग्यारेज र कवाडिहरुमा खटिने सहकर्मी साथीहरुका लागि पिपीई सेट, स्यानीटाईजर र मास्क बनेपा हेल्थ केयरले निशुल्क उपलब्ध गराउने उहाले बताउनुभयो। बनेपाबाट सुरु भएको यो अभियान जिल्लाका सबै शहर बजारमा पुगेर अक्सिजन सिलिन्डर संकलन गरेर अक्सिजन भर्ने र बिरामीहरुलाई उपलब्ध गराईने काभ्रे अटो मेकानिक ब्यवसायी संघले जनाएको छ।

यस कठिंन अवस्थामा सबैजना मिलेर अगाडी बढ्न आग्रह गर्दै उहाले सहयोगका लागि यी नम्बरहरुमा सम्पर्क गर्न पनि अनुरोध गर्नु भएको छ:- सहजीकरण नृपेश बादे : ९८५१०४२६०४

काभ्रे अटो मेकानिक व्वसायी संघ
बिक्रम रन्जित : ९८४१४३२३५३
अर्जुन तिमल्सिना : ९८४१३०१०२१
दिनेश श्रेष्ठ : ९८५१०५०३३९
सानू त्वायना : ९८१८९९९९३२

प्रतिक्रिया दिनुहोस