काभ्रे प्रशासनको अनुरोध: प्रयोगमा नआएका अक्सिजन सिलिन्डर फिर्ता गर्नुस्

नौलो समाचार संवाददाता
२०७८ बैशाख २७, सोमबार मा प्रकाशित ७५९ पटक पढिएको
काभ्रे प्रशासनको अनुरोध: प्रयोगमा नआएका अक्सिजन सिलिन्डर फिर्ता गर्नुस्

बैशाख २७, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले अक्सिजनका सिलिन्डर फिर्ता गरी कोरोनाका बिरामीको उपचारमा सघाउन आग्रह गरेको छ। अत्यावश्यक स्वस्थ्य प्रयोजन बाहेक जिल्लाका विभिन्न उद्योग, संघ-सस्था तथा व्यक्तिले खालि तथा भरिएका मेडिकल अक्सिजनका सिलिन्डरहरु सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गरी अस्पतालको प्रयोगमा ल्याउन सहयोग गर्न अनुरोध गरेको छ।

कोरोना भाइरस (कोभिड-१९)को महामारीको समयमा संक्रमितहरुको उपचारको लागी अत्यावश्यक अक्सिजन अभाव भई बिरामीहरुलाई समस्या भएको जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचनामा जनाइएको छ।

केहि दिन यता कोरोनाका बिरामीहरुलाई अक्सिजनको कमि हुन नदिन काभ्रे अटो मेकानिक ब्यवसायी संघ तथा समाजसेवी नृपेश बादेको संयोजकत्वमा काभ्रेमा रहेका अटो वर्कशप, ग्यारेज र कवाडिहरुमा रहेका खाली सिलिन्डरहरु खोजेर पछी फिर्ता गर्ने सर्तमा अक्सिजनको ब्यवस्थापनमा सहयोग गर्ने कार्य भइरहेको छ।

अक्सिजनको अभावमा कोहि कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ मुख्य गरी होम आइसोलेसनमा रहेका आर्थिक रुपले केहि समस्या परेका कोरोनाका बिरामीहरुलाई लक्षित गरी अभियान सुरु गरिएको उक्त सस्थाले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस