कोरोना काभ्रे: आज थपिए १२८ जना संक्रमित, ३ जनाको मृत्यु, ७ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ बैशाख २७, सोमबार मा प्रकाशित ९८६ पटक पढिएको
कोरोना काभ्रे: आज थपिए १२८ जना संक्रमित, ३ जनाको मृत्यु, ७ जना डिस्चार्ज

बैशाख २७, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (सोमबार) थप १२८ जजना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको बनेपामा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १२८ जना मध्ये बनेपाका मात्र ४८ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज ३७ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी पनौती नगरपालिकामा १८ जना, नमोबुद्धमा १०, मण्डनदेउपुरमा ६, पाँचखालमा ५, चौरीदेउराली गाउँपालिका २, भुम्लुमा १ र तेमालमा १ जना गरी जम्मा १२८ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार २१८ पुगेको छ। जसमा ५५४ जना महिला र ६६४ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ७६७ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ३ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पनौतीका २४ वर्षीय पुरुष तथा भक्तपुरका ६५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा र बनेपाका ४५ वर्षीय पुरुषको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

७ जना डिस्चार्ज

यसै गरी आज ७ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस