पत्रकार महासंघ काभ्रेद्वारा कोभिड आपतकालीन राहत कोष स्थापना

नौलो समाचार संवाददाता
२०७८ बैशाख २७, सोमबार मा प्रकाशित १५१९ पटक पढिएको
पत्रकार महासंघ काभ्रेद्वारा कोभिड आपतकालीन राहत कोष स्थापना

बैशाख २७, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेले ‘कोभिड-१९ आपतकालीन राहत कोष’को स्थापना गरेको छ। विश्वव्यापी फैलिरहेको कोरोनाको कहरमा रहेर अग्रपंक्तिमा खटिने र संक्रमित पत्रकारका लागि महासंघले ५ लाखको राहत कोष स्थापना गरेको हो।

कोरोना महामारीको समयममा अग्रपंक्तिमा खटिने पत्रकारका लागी राहत मिलोस भन्ने उद्देश्यले पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले रु. १० हजार रकम जम्मा गरी उक्त कोषको सुरुवात गर्नुभएको छ।  महामारीको अवस्थामा कोरोनाले पर्ने कुनैपनि असहज परिस्थतिमा पत्रकार साथीहरुलाइ थोरै भएपनि राहतको महसुश गराउन सकियोस भन्ने उद्देश्यले महासंघले राहत कोष स्थापना गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो।

शाखाका सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारका लागि स्थापना गरिएको सो कोष महासंघको मातहतमा सञ्चालन हुनेछ। कोषमा जम्मा भएको रकमबाट कार्यविधि बनाएर पीडित पत्रकारलाई आवश्यक अनुसारको सहयोग गरिने अध्यक्ष  तिमल्सिनाले बताउनुभयो।

कोष स्थापनासंगै रकम सहयोग स्वरूप प्राप्त हुन सुरु भएको पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइरालाले जानकारी दिनुभयो। साथै अन्य दाताबाट आपतकालीन राहत कोषमा सहयोगका लागी काभ्रे शाखाले आव्हानसमेत गरेको छ।

सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, काभ्रेको बैंक खाता रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिलेट, धुलिखेल शाखामा खाता नम्बर- 1040100007202001 मा रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ।

यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ।

सहयोगका लागि आपतकालीन राहत कोषको बैंक बिवरण यसप्रकार छ :-
Nepal Patrakar Mahasangh Kavre
A/c:- 1040100007202001
Rastriya Banijya Bank Ltd
Dhulikhel Branch
थप जानकारीका लागि:-
अध्यक्ष- बद्रिराज तिमल्सिना
सम्पर्क:- 9851085457
उपाध्यक्ष -बिनोद कुमार न्यौपाने
सम्पर्क:- 9851010581
सचिव -कपिल कोइराला
सम्पर्क:- 9851071925
कोषाध्यक्ष-केदार तिमल्सिना
सम्पर्क:- 9851030584

प्रतिक्रिया दिनुहोस