पत्रकार महासंघ काभ्रेलाई ‘अनेरास्ववियु’द्वारा स्वास्थ्य सामाग्री सहयोग

नौलो समाचार संवाददाता
२०७८ बैशाख २७, सोमबार मा प्रकाशित ९६७ पटक पढिएको
पत्रकार महासंघ काभ्रेलाई ‘अनेरास्ववियु’द्वारा स्वास्थ्य सामाग्री सहयोग

बैशाख २७, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई अनेरास्ववियुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। आज (आइतबार) पत्रकार महासंघ काभ्रे शाखा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई आज (आइतबार) स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

विश्वव्यापी फैलिरहेको कोरोनाको कहरमा रहेर अग्रपंक्तिमा खटिने पत्रकारका लागि अनेरास्ववियुले आज ७५० पिस मास्क, १०० पिस (६० एमएलको) स्यानिटाइजर, ३० पिस फेस सिल्ड, १० पिस स्टिमर नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनालाई हस्तान्तरण गरेको हो।

त्यस्तै अनेरास्ववियु थप स्टिमर उपलब्ध गराउने प्रतिबद्ता व्यक्त गरेको छ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिब दिपक गौतम, युवा संघका सचिब भेषराज शाह, अनेरास्ववियु काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिना लगायतले महासंघ अध्यक्ष तिमल्सिनालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस