देशभर थप ९ हजार २७१ जनामा संक्रमण, १३९ कोरोना संक्रमितको मृत्यु

४ हजार ७ जनाले जिते कोरोना 
नौलो समाचार संवाददाता
२०७८ बैशाख २७, सोमबार मा प्रकाशित ७३१ पटक पढिएको
देशभर थप ९ हजार २७१ जनामा संक्रमण, १३९ कोरोना संक्रमितको मृत्यु

बैशाख २७, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

१३९ कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले उपलब्ध गराएको तथ्यांक समावेश गर्दै पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्युको विवरण सार्वजनिक गरेको हो।

मन्त्रलायका अनुसार योसँगै नेपालमा ३ हजार ८५९ जना संक्रमितको निधन भएको छ।

४ हजार ७ जनाले जिते कोरोना 

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ।

यो दर कुल संक्रमितको ७६ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस