पाँचखाल नगरले कोरोना संक्रमित विपन्न नागरिकलाई आर्थिक सहयोग गर्ने

नौलो समाचार संवाददाता
२०७८ बैशाख २८, मंगलबार मा प्रकाशित ६६८ पटक पढिएको
पाँचखाल नगरले कोरोना संक्रमित विपन्न नागरिकलाई आर्थिक सहयोग गर्ने

बैशाख २८, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाले कोरोनाका संक्रमित अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने भएको छ ।
नगर प्रमुख महेश खरेलले कोरोनाबाट संक्रमित अति विपन्न बिरामीको लागि उपचार खर्च १० हजार, मास्क, स्यानिटाईजर, औषधि, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्ने जानकारी दिए ।

विपन्न संक्रमितले वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजको आधारमा रकम उपलब्ध गराउने नगरप्रमुख खरेलले जानकारी दिए । अति विपन्न नागरिकलाई १० हजार रुपयाँ अर्थिक सहयोग गर्ने घोषणा देशका स्थानीय तहमध्ये पहिलो हो ।

आज आमाको मुख हेर्ने दिन भएकोले नगरले सञ्चालन गरेको आईसोलेसनमा रहेका तथा होम आईसोलेसनमा रहेका आमा, दिदीबहिनीहरुलाई पोषिलो खानेकुरा खरिदको लागि नगरप्रमुख खरेलले जनही २ हजार, मास्क तथा स्यानिटाईटर वितरण गरेका छन् ।
उनले विश्व महामारीको रुपमा देखा परेको नयाँ भेरिएन्ट सहितको कारोना भाईरस संक्रमणबाट सुरक्षित रहन, स्वास्थ्य सावधानीका उपायहरु पूर्णरुपमा अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस