देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिए, १६८ जनाको मृत्यु, ४ हजार ४४४ जना संक्रमण मुक्त

नौलो समाचार संवाददाता
२०७८ बैशाख २९, बुधबार मा प्रकाशित ७१० पटक पढिएको
देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिए, १६८ जनाको मृत्यु, ४ हजार ४४४ जना संक्रमण मुक्त

बैशाख २९, काठमाडौ। पछिल्लो २४ घण्टामा देशभर नेपालमा ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

१६८ जनाको मृत्यु 

२४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।

नयाँ संक्रमित थप भएसँगै एक लाख ६३४जना सक्रिय संक्रमित रहेका छन्। ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर ४ हजार ४४४ जना व्यक्ति निको भएका छन्।

प्रतिक्रिया दिनुहोस