कोरोना काभ्रे: आज थपिए १४६ संक्रमित, ४ जनाको मृत्यु, २६ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ बैशाख २९, बुधबार मा प्रकाशित ७३८ पटक पढिएको

कोरोना काभ्रे: आज थपिए १४६ संक्रमित, ४ जनाको मृत्यु, २६ जना डिस्चार्ज

बैशाख २९, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (वुधबार) थप १४६ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको धुलिखेलमा सबै भन्दा धेरै संक्रमित रहेका छन्। आज थपिएका १४६ जना मध्ये धुलिखेलका मात्र ४० जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट बनेपामा आज ३४ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी संक्रमितको संख्या अधिक रहेको पनौती नगरपालिकामा ३१ जना, पाँचखालमा २०, मण्डनदेउपुरमा ११, नमोबुद्धमा ६,  तेमाल गाउँपालिकामा २, रोशीमा १ र चौरीदेउरालीमा १ जना गरी जम्मा १४६ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५१८ पुगेको छ। जसमा ६९४ जना महिला र ८२४ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार १०८ पुगेको कार्यालयले जनाएको छ।

४ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ४ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा सबै काभ्रे बाहेकका जिल्लाका रहेका छन् । भक्तपुरका ५४ वर्षीय पुरुष, काठमाडौंका ६० वर्षीय पुरुष, ललितपुरका ५२ वर्षीय महिला र धनगढीका ८० वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

२६ जना डिस्चार्ज

यसै गरी आज २६ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस