मण्डनदेउपुर नगरले सिफारिस नदिदा स्वाब संकलन शिविर रोकियो

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ९६१ पटक पढिएको

मण्डनदेउपुर नगरले सिफारिस नदिदा स्वाब संकलन शिविर रोकियो

बैशाख ३०, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले स्वाब संकलन र निःशुल्क परीक्षणको अनुमति माग्दा नदिएको पाइएको छ। कोरोना भाइरसले महामारी फैलाइरहेको विषम अवस्थामा स्वयं नगरपालिकाले पहल कदमी चल्नुपर्नेमा स्थानीयहरुले ‘समाजसेवा समूह’ को प्रयासमा स्वाब संकलन गरी निःशुल्क परीक्षण गर्न शिविर संचालन गर्न खोज्दा पनि निरुत्साहित गरिएको छ।

व्यक्तिगत रुपमा निक्कै आफुले पहल गरेर स्वाब संकलनको प्रयास गरेकोमा अन्ततः नगरपालिकाले एउटा सिफारिस नदिएको कारणले स्वाब संकलन गर्न नसकेको समाजसेवी कश्यप पौडेलको भनाई छ।

पौडेलले आफ्नो सामाजिक संञ्जालमा एक स्टेटस लेख्दै सबै व्यवस्थापन गरेर स्वाब संकलन गर्ने कार्य गर्न लागेको भएपनि नगरले एउटा सिफारिस नदिदा शिविर चलाउन नसकेको उल्नेख गरेका छन् ।

नगरपालिकाले स्वाब संकलनमा चासो नदिएपछि स्थानीयहरुले समाजसेवा समूहमा स्वाब संकलन गरी निःशुल्क परीक्षण गर्न मागेको एउटा सिफारिस पनि नदिएको स्थानीय समाजसेवी कश्यप पौडेलले जानकारी दिए ।

सामाजिक संञ्जालमा उनले लेखेका छन् ‘कोरोना प्रभाबित मण्डनदेउपुर बासी सबैको स्वाब सङकलन शिविर कुन्तामा चलाउनेगरी २५ गतेबाट मैले प्रयासथाले, धेरैतिरको प्रयास पछी निःशुल्क नमुना सङकलन र रिपोट बितरण समाजसेवा बाट गर्न सकिने भयो । तर अन्तिममा हाम्रै नगरले सामान्य सिफारिस नदिएका कारणले मेरा सबै प्रयास बेकार भए । निःशुल्क शिविर चलाउन मलाइ सहयोग गर्न चाहने समाजसेवा समूह, जनस्वास्थ्यका डा। नरेन्द्र झा, प्रादेशिक ल्याबका नारायण कार्कीसरहरु सँग आभारी भएको छु । शिविर सन्चालन गर्न नसकेकोमा सम्पुर्ण नगरबासी कोभिड बिरामी र ट्रेसिङमा पर्नुहुने महानुभावहरुसँग क्षमा चाहन्छु ।’

पछिल्लो समयमा मण्डनदेउपुरमा निकै विरामी भएका छन् । विरामी भएकाहरुको समेत स्वाब संकलन नगरेको अनि स्थानीयले बिभिन्न ठाउँमा हार गुहार गरेर स्वाब संकलन गरेर परीक्षण गर्छु भन्दा पनि सिफारिस नदिएको भन्दै स्थानीय भने आक्रोसित भएका छन् ।

नगरपालिकाले भने ल्याव दर्ता नभएको हुनाले सिफारिस नदिएको बताएको छ। नगरपालिकाले कन्ट्याक ट्रेसिङ गरेर दैनिक स्वाब संकलन गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस