पनौती नगरपालिकामा सुरु भयो वडास्तरमै कोरोना परीक्षण

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ११७५ पटक पढिएको
पनौती नगरपालिकामा सुरु भयो वडास्तरमै कोरोना परीक्षण

बैशाख ३०, काभ्रे। पनौती नगरपालिकाले प्रत्येक वडामा कोरोना भाइरस (कोभिड-१९) को नमूना स्वाब संकलन गरी कोरोना परीक्षण शुरु गरेको छ। भोलि (शुक्रबार) बाट विभिन्न वडामा कोरोनासँग लक्षण मिल्ने व्यक्तिको स्वाब संकलन गरिने नगरपालिकाले एक सार्वजनिक सूचना मार्फत जानकारी गरेको छ।

नगरपालिकाले आफ्नो नमूना स्वाब संकलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने भएकालाई स्वाब संकलन केन्द्रमा आउन अनुरोध गरेको छ। सामान्य रुघा खोकी भनेर घरमै बस्ने र अन्य व्यक्तिलाई सार्न सक्ने भएकले समुदायस्तरमा कोरोनाको फैलावट तथा कोरोनाका बिरामी पत्ता लगाउन यो अभियान सुरु गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

यस्तै नमूना स्वाब संकलनको लागी कोरोनासँग मिल्ने लक्षण भएका वडा वासीहरुलाई वडा कार्यालय सूचना मार्फत जानकारी गराउदै सम्पर्कमा आउन अनुरोध गरेको छ।

पाँचखाल नगरपालिका तथा चौँरीदेउराली गाउँपालिकाले अभियान संचालन गरिरहेका छन्।

पनौती नगरपालिकाको वडा नम्बर ४ र ७ सहित अन्य वडाका व्यक्तिहरुको लागी इन्द्रेश्वोर प्रा.बि. पनौतीमा सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक दिन १;३० बजे स्वाब संकलनको कार्य भैरहेको छ। तालिकामा उल्लेख नभएका वडाहरुमा स्वाब संकलन कार्य सम्पन भैसकेको र ती वडाहरुमा पनि कोहि कसैलाई कोरोनासँग मिल्दो लक्षण देखिएमा इन्द्रेश्वोर प्रा.बि. पनौतीमा स्वाब संकलनको लागी सम्पर्क गर्न सुचनामा भनिएको छ।

स्वाब संकलन केन्द्रको तालिका तल सूचनामा हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस