आज ५ हजार ५५ जना संक्रमित निको भए, ८ हजार ९६० संक्रमित थपिए

२१४ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ४६४ पटक पढिएको
आज ५ हजार ५५ जना संक्रमित निको भए, ८ हजार ९६० संक्रमित थपिए

बैशाख ३०, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहिबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।

नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ।

२१४ जना संक्रमितको मृत्यु

यस्तै २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको थियो।

८ हजार ९६० जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्।

नयाँ संक्रमित थप भएसँगै एक लाख ५ हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

प्रतिक्रिया दिनुहोस