काभ्रेमा आज १९७ जनामा संक्रमण पुष्टि, ५३ जना संक्रमण मुक्त, ५ जनाको मृत्यु

पनौतीको मात्र १३७ जना संक्रमित
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ७६९० पटक पढिएको
काभ्रेमा आज १९७ जनामा संक्रमण पुष्टि, ५३ जना संक्रमण मुक्त, ५ जनाको मृत्यु

जेठ २, काभ्रे। कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (आइतबार)थप १९७ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणको हटस्पट रहेको पनौतीमा सबै भन्दा धेरै संक्रमित थपिएका छन्। आज थपिएका १९७ जना मध्ये पनौतीका मात्रै १३७ जना रहेका छन्। यसैगरी कोरोना संक्रमणको अर्को हटस्पट धुलिखेलमा आज २४ जनालाइ संक्रमण पुष्टि भएको छ।

यसैगरी बनेपामा १८ जना, पाँचखालमा ६, नमोबुद्धमा ३, तेमाल गाउँपालिकामा ३, रोशीमा ३, चौरिदेउरालीमा २, भुम्लुमा १ जना गरी जम्मा १९७ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९५४  पुगेको छ। जसमा ८८१ जना महिला र १०७३ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ५ हजार ७१८ पुगेको कार्यालयले जनाएको छ।

५३ जना डिस्चार्ज

काभ्रे जिल्लामा आज ५३ जना संक्रमित डिस्चार्ज भएका छन्। जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनमा रही उपचार गराईरहेका ५३ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेमा आज ५ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिकाका ६६ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ८३ वर्षीय पुरुष, नमोबुद्ध नगरपालिकाका ७० वर्षीय पुरुष, सर्लाहीका ५५ वर्षीय महिला र धनकुटाका ५२ वर्षीय पुरुष सहित ५ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस