मानबहादुरको ‘अन्तिम सन्देश’ सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित १२४२ पटक पढिएको

मानबहादुरको ‘अन्तिम सन्देश’ सार्वजनिक (भिडियो)

जेठ ४, काभ्रे। आफ्नो दु:खमा मात्र नभई सुखको बेला पनि आमालाई माया गरि सम्झनुपर्छ भन्ने मूल सन्देश बोकेको मानबहादुर तामाङको गीत ‘अन्तिम सन्देश’ सार्वजनिक भएको छ ।
तामाङको आफ्नै युट्युब मन खुशी च्यानलबाट सार्वजनिक भएको ‘अन्तिम सन्देश’ गीति भिडियोमा अहिलेका कोभिड१९ को विषम परिवेशमा आमा र सन्तानको मायालाई समेत उजागर गर्न खोजिएको छ । पाखुरिमा बल हुन्जेल, गोजीमा दाम रहहुनजेल आमालाई बिर्सने र बिरामी भई आफुलाई गाह्रो हुदा, सासै फेर्न गाह्रो भई आफ्नो ज्यान प्यारो लागि आमालाई सम्झने स्वार्थी छोराको कथालाई गितमा उठाइएको छ ।

भिडियोमा अशोक कुमार सापकोटा, पवित्र काफ्ले ,सिरंन मोक्तन , देवकी अभिलाषी ,सुफ़िस मदन ,सावित्री श्रेष्ठ र मान बहादुर तामाङकोले संयुक्त शब्द रहेको गीतमा तामाङलाई गायिका लक्ष्मि स्याङतानले स्वरमा साथ दिएकी छिन् । संगीत गायक तामाङको रहेको छ।
भिडियोमा गायक तामाङको साथमा एलिना रायमाझी, कृष्ण खड्का, जिस्ना चौधरी अभिनय रहेको छ। निकै नै मार्मिक गीतलाई आमाको मुख हेर्ने दिन मातातिर्थ औंशीको अवसरमा सार्वजनिक गरिएको हो ।

कहिले कहि आमा खुशी नभएको बेलामा आमाले भनेको यादलाई आधार मानेर, यसैलाइ सम्झेर गीत तयार पारिएको गायक तामाङ बताउँछन् । योगीत सबै सामु राखेको हु। तामाङले यो गित सुनेर सबै सन्तानले आमालाई धेरै माया गरोस् भन्ने अपेक्षा लिएको बताए । आमालाई खुशी बनाउन गित श्रृजना गरेको बताउने तामाङ गीतलाई सबैले माया गर्नेछ भन्ने पुर्ण बिस्वास लिएको बताउँछन् ।

भिडियो छायांकन दिनेश मुस्कानले गरेका छन् भने दिनेश तामाङले भिडियो निर्देशन गरेका छन्।

हेर्नुहोस भिडियो :-


प्रतिक्रिया दिनुहोस