काभ्रेली साहित्यकार लाकोजूको ‘घाम फूल्ने याम’ कवितासङ्ग्रह प्रकाशित

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ९९४ पटक पढिएको

काभ्रेली साहित्यकार लाकोजूको ‘घाम फूल्ने याम’ कवितासङ्ग्रह प्रकाशित

जेठ ५, काभ्रे । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ साहित्यिक कृति ‘घाम फूल्ने याम’ कविता सङ्ग्रह प्रकाशित भएको छ।

लामो समयदेखि नेपाली भाषा र साहित्यमा साधनारत कवि लाकोजूको यो कवितासंग्रहमा ५८ ओटा कविता छन्।

कबि लाकोजूले शिष्ट र शालीन शब्दमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको र राम्रा र इमानदार मान्छेहरूलाई पाखा पारिएको, सरकार जनताको अभिभावक बन्न नसकेको जस्ता समसामयिक यथार्थहरूलाई कबिता मार्फत प्रस्तुत गर्नुभएको छ।

अक्षरमार्गमार्फत साहित्यिक पत्रिकाका सम्पादक लाकोजूका कविता सङ्ग्रहहरु (‘मेरो घाम’, ‘स्पर्श’, ‘मेरो मन मेरो मीत’, ‘केही काभ्रेली अक्षरकर्मीहरु—१’, ‘घामको चुम्वन’, ‘दिवाकरका चुम्वन’) प्रकाशित छन्। यस्तै मुक्तक सङ्ग्रहहरु (भावनाका फूलहरु, शाश्वत स्वरहरू, फूलहरुको मेला), बालकविता सङ्ग्रहहरु (कोपिला, साथी, मेरो सानो घर, फूलैफूल), आसामको स्पर्श(नियात्रा), पनौती, पनौतीको बाह्वर्षे मकरमेला लगाएत हाइकुसङ्ग्रह, नियात्रा, प्रेरक प्रसङ्ग, गीत सङ्ग्रह सहित दर्जनौ साहित्यिक कृतिहरु प्रकाशित भैसकेका छन्।

काभ्रेली साहित्यिक क्षेत्रमा लाकोजूको योगदान अतुलनीय रहेको छ।

विगत लामो समयदेखि साहित्यिक पत्रकारिता क्षेत्रमासमेत क्रियाशिल रहँदै आउनुभएका साहित्यकार लाकोजू अक्षरमार्गमार्फत साहित्यक पत्रिका तथा सस्थामार्फत नगन्य साहित्यिक ब्यक्तित्वहरुलाई सम्मान गरिसक्नुभएको छ भने स्वयंम् आफु पनि नेपालका विभिन्न क्षेत्रका साहित्यिक सस्था तथा व्यक्तित्वहरुबाट सम्मानित भैसक्नुभएको छ।


प्रतिक्रिया दिनुहोस