देशभर ९ हजार ८४१ जनाले जिते कोरोना, ९६ जना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित ९७९ पटक पढिएको
देशभर ९ हजार ८४१ जनाले जिते कोरोना, ९६ जना संक्रमितको मृत्यु

जेठ १४, काठमाडौं। नेपालमा पछिल्लो केही दिनदेखि नयाँ कोरोना संक्रमित थपिने दरभन्दा निको हुनेको दर बढी देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार ९ हजार ८४१ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख २८ हजार ६७० जना पुगेको छ।

६ हजार ९५१ जनामा संक्रमण

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

९६ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४७ जनाको मृत्यु भइसकेको छ।

देशभर हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस