बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित १२६४ पटक पढिएको
बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

जेठ १५, काठमाडौं। सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका हुन् ।

हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।

सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस